आईजीपी दीपक थापाद्वारा मातहतका प्रहरी अधिकारीलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन
वि.सं.२०८१ चैत १६ शनिवार १४:५८
8.48K
shares
shares

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले मातहतका प्रहरी अधिकारीलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका छन् ।
नेपाल प्रहरीका आइजीपी दीपक थापाले शनिबार अप्रेशन युनिफर्ममा प्रधान कार्यालयबाट मुलुकभरका प्रदेश प्रहरी प्रमुखलगायतलाई उनले भर्चुअल माध्यमबाट सुरक्षा व्यवस्थामा खेलाँची नगर्नका लागि निर्देशन दिएका हुन्।
थापाले शनिबार काठमाडौंमा हुने घोडेजात्रा लगायतका कार्यक्रमको सुरक्षा प्रबन्ध मिलाउनका लागि पनि कस्सिएका छन्।
राजसंस्थावादीका नाममा हुने अराजकता र कानुनविपरितका कामलाई निगरानीमा राखेर काम गर्न निर्देशन जारी भएको प्रधान कार्यालयले जनाएको छ।

















