शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा उत्कृष्ट कार्य गर्न सफल डिएसपी दिपेश बस्याल सम्मानित
वि.सं.२०८१ चैत २७ बुधवार १४:०८
shares

प्युठान । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा उत्कृष्ट कार्य गर्न सफल प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश बस्याल सम्मानित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, कानून तथा फैसला कार्यान्वयनमा उत्कृष्ट कार्य गरेको भन्दै सिडिओ रमा आचार्यले प्रशंसा-पत्र सहित उहाँलाई सम्मान गरिएकाे हाे।
जिल्ला प्रशासन कार्यालय प्युठानमा प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) को अध्यक्षतामा सहायक प्रमुख जिल्ला अधिकारी, सम्पूर्ण सुरक्षा निकायका प्रमुख र जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, पत्रकार महासंघका सभापति तथा संचारकर्मी लगायतको उपस्थितिमा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, कानून तथा फैसला कार्यान्वयन, विपद् व्यवस्थापन, मानव अधिकारको संरक्षण, नागरिक मैत्री सेवा प्रवाह लगायतका कार्यमा ईमान्दारिता, कार्यकुशलता र समन्वयात्मक भूमिकाको उच्च मूल्याङ्कन गर्दै प्युठान जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्याललाई प्रमुख जिल्ला अधिकारीले प्रशंसा पत्र प्रदान गर्नु भएको थियाे।













