एसएसपी विनोद घिमिरेकाे प्रमुख आतिथ्यतामा ट्राफिक प्रशासन (जु.प्र.अ.) तालिम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ ।  काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक विनोद घिमिरेकाे प्रमुख आतिथ्यतामा ट्राफिक प्रशासन (जु.प्र.अ.) तालिम समापन कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा उक्त कार्यालयमा २०८१।११।११ गते देखि सञ्चालन भएको ३५ कार्यदिन अवधिको आवासीय “ट्राफिक प्रशासन (जु.प्र.अ.) २५ औं समूह” को  तालिम आज सम्पन्न भएको हाे।

सो तालिम प्र.ना.नि. २४ जना र प्र.स.नि.२७ जना गरि जम्मा ५१ जना सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र तथा पुरस्कार प्रदान गर्दै तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्य क्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गरी जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै बद्लिँदो समय अनुसार ट्राफिक प्रहरीले आफुलाई पनि परिवर्तन गर्दै लैजानुपर्ने सम्बन्धमा आवश्यक निर्देशन सम्बोधन प्रदान गर्नुभयो ।

उक्त कार्यक्रममा तालुक कार्यालयहरुबाट पाल्नु भएका प्रतिनिधी र कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत एवम् जुनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

२७ चैत २०८१, बुधवार १५:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु