शान्ति सुरक्षा तथा सेवा प्रवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न
वि.सं.२०८१ चैत ३१ आइतवार २३:१७
4.02K
shares
shares

काठमाडौ । टोखा नगरपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयोजना र टोखा नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम भएको हाे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षता एंव टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यता जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी विश्व अधिकारीकाे विशिष्ट आतिथ्यतामा सो नगरपालीकाको सभा हलमा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हाे।
उक्त कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधिहरु, प्रहरी वृत्त महाराजगंजका प्रमुख लगायत स्थानियहरुकाे उपस्थिति रहेको थियो ।

































