नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस

5.21K
shares

बिहीबार  गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ रहेका छन् ।

त्यस्तै एआईजी बढुवा सिफारिसको सुचीमा लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डाक्टर मनोज केसी रहेका छन् ।

एआइजी दिपक थापा प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा र उनका ब्याचमेट एआईजीहरु टेक राई, बुद्धि गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई अनिर्वाय अवकाशमा गएसँगै नेपाल प्रहरीमा एआइजीको ६ दरबन्दी रिक्त थियो ।


Mitsubishi Long Ad