अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको आयोजनामा फुड फेस्टिबल काठमाडौंमा हुँदै

२०८२ वैशाख ४ बिहीवार
696
shares
काठमाडौं । नेपाली सेफहरुको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तर उन्नतिको लागी हाम्रो अभियान नाराका साथ काठमाडौंमा फुड फस्टिबल आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको आयोजनामा हुन लागेको फेस्टिबल काठमाडौंको भृकुटिमण्डपमा हुदैछ ।
उक्त फेस्टिबलमा नेपाली मौलिक खानाको प्रदर्शन तथा इन्टरकलेज फुड कम्पिटिसन हुनेछ । फेन्टिबलमा अन्तर्राष्ट्रिय सेफ अवार्ड तथा सामाजिक अवार्ड वितरण गर्नुको साथै मौलिक तथा सास्कृतिक लोपोन्मुख कल्चरल झाँकी तथा सास्कृतिक कार्यक्रम पनि आयोजना हुनेछ ।
उक्त फुड फेस्टिबलमा ३८ देशमा कार्यरत नेपाली सेफहरुको सहभागिता रहनेछ । वैशाख ६ गते आयोजना हुने फेस्टिबलमा सहभागी हुन विभिन्न देशमा कार्यरत नेपाली सेफहरु नेपाल आउने क्रम जारी रहेको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका केन्द्रिय संयोजनकर्ता अरुन अधिकारी जानकारी दिए ।
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम केन्द्रिय अधिवेशन पनि वैशाख ६ गते हुनेछ ।

२०८२ वैशाख ४ बिहीवार