सिप सँगै रोजगार सम्झौता तथा तालिमको शुभारम्भ
वि.सं.२०८२ वैशाख ३ बुधवार १८:४०
shares

बिराटनगर । अरिहन्त मल्टी फाइवर्स लिमिटेड विच सिप संगै रोजगार सम्झौता तथा तालिमको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा प्रहरी परिवारको आत्मनिर्भरताको लागी अरिहन्त मल्टी फाइवर्स लिमिटेड विच सिप संगै रोजगारको सम्झौता गरी तालिमको शुभारम्भ भएको हाे।
सुनसरीको दुहवी नगरपालिका-८ स्थितमा रहेको अरिहन्त मल्टी फाईवर लिमिटेडको समन्वय तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको सहकार्यमा नेपाल प्रहरीका कर्मचारीहरुका परिवार तथा सन्ततीहरुलाई लक्षित गरी आत्मानिर्भर बनाउने उद्धेश्यका साथ कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी महानिरीक्षक राजन अधिकारीकाे प्रमुख आथिय्यता तथा श्रीमती संघकी अध्यक्ष श्रीमती सुस्मिता के.सी. अधिकारी र अरिहन्त मल्टि फाईवर्स लिमिटेडका कार्यकारी प्रमुख गोविन्द कुमार बजगाईकाे बिशेष आतिथ्यतामा सिप संगै रोजगारको सम्झौता पत्रमा हस्ताक्षर गर्नु भई सोही दिनबाट तालिमको शुभारम्म भएको हाे।

कार्यक्रममा संघकी अध्यक्ष श्रीमती सुस्मिता के.सी. अधिकारीले अरिहन्त मल्टी फाईवर लिमिटेडको सहकार्यमा भएको रोजगार सम्झौता तालिमले कोशी प्रदेश प्रहरी परिवारलाई रोजगार सिर्जना गरी आत्म निर्भरहुन कोशेढुंगा सावित हुने बताउनु भयो । साथै उहाँले मल्टी फाईवर लिमिटेडले महिलालाई सुरक्षित रोजगार दिई ठुलो योगदान पुर्याएकोमा विशेष आभार व्यक्त गर्नु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु, मल्टि फाइवर्स लिमिटेडका पदाधिकारी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
































