डिआइजी राजन अधिकारीद्वारा मातहत प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा निर्देशन

4.56K
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले मातहत प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्धारा आवश्यक निर्देशन दिनु भएको छ ।

कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु, प्रशिक्षण प्रदायक कार्यालय तथा अन्य कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुहुदै वँहाले प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापनको लागि चाहिने उद्धारका सामग्री सहित प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राख्न तथा समय समयमा उद्दार अभ्यासहरु गराउनुका साथै प्रहरी कर्मचारी बिच सामुहिक भावनको बिकास गरी प्रहरीको ब्यक्तिगत र व्यवसायिक जिवनलाई समानान्तर तरिकाले अगाडी बढाउदै लैजान निर्देशन दिनु भएको छ ।

साथै उहाले आम नागरिकहरुमा सचेतना अभिबृद्धिको लागि स्थानिय जनप्रतिनिधि, नागरिक समाजहरुसंग समन्वय गरी प्रभावकारीरुपमा कार्यक्रमहरु संचालन गर्न समेत निर्देशन दिनुभएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रहरी उपरीक्षक दिपक पोखरेल तथा सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083