प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने बिषयमा हस्ताक्षर सम्झौता कार्यक्रम सम्पन्न

4.16K
shares

काठमाडौ ।  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलव्ध गराउने बिषयमा सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकिसिनवारी मोरङ साथै बिराट नर्सिङहोम प्रा.लि. विराटनगर बीच स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हाे।

 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा बैशाख १२ गते आयोजित कार्यक्रममा नेपाल प्रहरीका बहालवाला प्रहरी कर्मचारीहरु, अवकाश प्राप्त प्रहरी कर्मचारीहरु, अमर प्रहरीका परिवार र निजका आश्रित परिवारहरुका विभिन्न रोगका बिरामीहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धी दुबै पक्ष सहमत भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फवाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारी (पहिलो पक्ष) र बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकिसिनवारी मोरङ साथै बिराट नर्सिङहोम प्रा.लि. विराटनगरको तर्फबाट अस्पतालका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डा. निकिता कार्की (दोस्रो पक्ष) हरु बिचमा सम्झौताका शर्तहरु पालना एवं कार्यान्वयन गर्ने सहमती भई दुवै पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । हस्ताक्षर कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथी अधिकारीले समाजका बिभिन्न क्षेत्रहरुमा बढ्दै गईरहेको सुरक्षा चुनौतीमा प्रहरीले हर तवरबाट सुरक्षा प्रदान गरीरहेको साथै अस्पताललाई प्रथमिकतामा राखेर सुरक्षा प्रदान गर्ने गरेको बताउनुभयो ।

साथै उहाँले रोग लागे पछि मात्र होईन निरोगी रहन समेत आफ्नो स्वास्थ्य अवस्थाको जाँच गराउन अति आवश्यक रहेको बताउनुहुदै प्रहरी कर्मचारीहरुको निम्ति स्वास्थ सेवा विस्तार र सहुलियतरुपमा उपचार गराउने वातावरण सृजना गरी दिएकोमा अस्पताल प्रति आभार प्रकट गर्नुभएको थियो भने अस्पतालको थप सेवा सुविधा बिस्तारको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

यसैगरी बिराट नर्सिङहोम प्रा.लि.का प्रशासन प्रमुख पदम विनाडीले नेपाल प्रहरीले समाजमा दिने सुरक्षा अतुलनिय रहेको साथै समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी शारिरिक र मानसिक रुपमा स्वस्थ्य रहन जरुरी भएकोले प्रहरी कर्मचारीहरुको उपचारमा सहजता ल्याउन स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराएको बताउनु भयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, सिनीयर प्रहरी अधिकृत जुनियर प्रहरी अधिकृत तथा अस्पतालका पदाधिकारीहरुको उपस्थिति रहेको थियो


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083