कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट बिदा भए डिआईजी राजन अधिकारी

धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी नायब महानिरीक्षक राजन अधिकारी बिदा भएका छन् ।

नेपाल सरकार गृहमन्त्रालय बढुवा समितिको बैशाख ४ गतेको पत्रादेशानुसार प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएकाले प्रहरी नायब महानिरीक्षक राजन अधिकारीलाई धन्यवाद तथा शुभकामना व्यक्त गरिएको हाे ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल सहित जिल्ला प्रहरी कार्यालय मोरङ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी प्रमुख सहित प्रहरी अधिकृत तथा जवानहरुले प्रहरी नायव महानिरीक्षक अधिकारीलाई व्यवसायिक एवं पारिवारिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी कार्यकालको शुभकामना सहित सम्मानपूर्वक बिदाइ गर्नु भएको थियो ।

धन्यवाद तथा शुभकामना कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले संगठनको लक्ष्य हासिल गर्न तथा कोशी प्रदेशमा शान्ति सुरक्षा कायम राख्न आफ्नो पदिय दायित्व सहित कुशल नेतृत्व निर्वाह गर्न आफुलाई सहयोग गर्नु हुने सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी जवानहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो।

१४ वैशाख २०८२, आइतवार २०:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु