एआईजी सुदिप गिरीको प्रमुख आतिथ्यतामा “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन तालिम” सम्पन्न

3.28K
shares

काठमाडौ ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)  सुदिप गिरीको प्रमुख आतिथ्यतामा “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन तालिम” सम्पन्न भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा संचालन भएको अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II) तालिम” २५ औं समूहको आज एआईजी सुदिप गिरीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्रमुख अथिति गीरीले दिक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण एवं उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानार्चाय, उप निर्देशकहरू लगायत अन्य सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृत एवं प्रशिक्षक वर्गको समेत उपस्थित रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083