प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

२०८२ वैशाख १६ मंगलवार
291
shares
काठमाडौ । काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतमा अपराध अनुसन्धान तर्फ सादा पोशाकमा खटिने प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतमा अपराध अनुसन्धान तर्फ सादा पोशाकमा खटिने प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको हाे।
नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत Crime Action Plan (CAP) को अवधारणा अनुसार अपराध अनुसन्धानमा खटिने सादा पोशाकका प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया पश्चात उपस्थित कर्मचारीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रभावकारि रुपमा सूचना संकलन तथा विश्लेषणको सम्बन्धमा निर्देशन सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी,काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेत, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अघिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, प्रहरी उपरीक्षकहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

२०८२ वैशाख १६ मंगलवार