एसएसपी रमेश थापाले पाए नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी

Nepal Life Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई दिइएको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई बुधबारदेखि प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२४ वैशाख २०८२, बुधवार १८:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु