सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बर बहादुर बि.क.द्वारा पदभार ग्रहण

Nepal Life Insurance Long Ad

धनगढी ।  सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क.ले पदभार ग्रहण गरेका छन्।

आज प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क. ले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएको हाे।

उक्त पदभार ग्रहण कार्यक्रम तालुक कार्यालयबाट यस कार्यालयमा सरुवा भई आउन भएका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ज्यूलाई यस कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कैलाली र कञ्चनपुर स्थित प्रहरी कार्यालयहरुका कार्यालय प्रमुखहरु तथा अन्य प्रहरी कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।

पदभार ग्रहण पश्चात आयोजित परिचयात्मक कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क. ले सुदूरपश्चिम प्रदेशको शान्ति सु-व्यवस्था लगायत समग्र बस्तुस्थिति र प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धमा जानकारी लिनु भयो ।

उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख ज्यूले यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, सुशासन, मानव अधिकारको संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक अनुशासन, लागू औषध तथा तस्करी नियन्त्रण, जुवातास जस्ता गैर कानूनी कृयाकलापहरु विरुद्व शून्य सहनशीलताका साथ चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन समेत दिनुभयो ।

२४ वैशाख २०८२, बुधवार १८:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु