लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेन्द्र भट्टद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड डिआईजी राजेन्द्र भट्टले सम्हाले

Nepal Life Insurance Long Ad

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजेन्द्र भट्टले कार्यालयमा हाजिर हभई कार्यालयको पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षकलाई कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, नेपाल प्रहरी प्रदेश कार्यालयस्थित प्रहरी कार्यालयहरुका कार्यालय प्रमुखहरु तथा अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

उनले सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्न कुनै पनि कसुर बाँकी नराख्न मातहतका प्रहरी अधिकृत् कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाएका उनले यसअघि नेपाल प्रहरी संगठनको महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरि सकेका छन् । यसैगरी उनले विभिन्न जिल्ला प्रहरी कार्यालयहरुको समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् ।

२५ वैशाख २०८२, बिहीवार २२:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु