प्रहरी उपरीक्षक भरत बहादुर बि.क. द्वारा पदभार ग्रहण

गोरखाको कमाण्ड नयाँ एसपीले सम्हाले, इमान्दारितापूर्वक काम गर्न निर्देशन

Nepal Life Insurance Long Ad

काठमाडौं । जिल्ला प्रहरी कार्यालय गोरखाको कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले पदभार ग्रहण गरेका छन् ।

प्रहरी प्रमुखको जिम्मेवारी पाएका विकले शुक्रबार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन् । एसपी वि.क.ले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन् ।

एसपी वि.क.ले अपराध र अपराधीविरूद्ध कठोर भएर उभिने बताए । उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखी काम गर्ने बताए ।

आफू केही गर्नका लागि यहाँ आएको उल्लेख गर्दै एसपी विकले सबैलाई साथ र सहयोग गर्न समेत आग्रह गरे । उनले जिल्लामा रहँदासम्म कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।

उनी संगठनमा इमान्दार, व्यवसायीक र बौद्धिक प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।

२७ वैशाख २०८२, शनिवार ०८:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु