शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वागत तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न

काठमाडौ । शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया एवं शुभकामना आदान प्रदान साथै स्वागत तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ।
“समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत सामुदायिक सेवा तथा विकास समाज एंव सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर-३२, को आयोजनामा का.म.पा.-३२ कोटेश्वर महादेवस्थान स्थित समाजको सभाहलमा समाजका अध्यक्ष रविन्द्र थापाकाे अध्यक्षातामा उक्त कार्यक्रम भएको हाे ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीकाे प्रमुख आतिथ्यतामा, प्रहरी वृत नयाँबानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडा, प्रहरी नायब उपरीक्षक बिरेन्द्र गोदारकाे विशिष्ट आतिथ्यतामा, प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक यज्ञराज भट्ट, प्रहरी निरीक्षक दल कुमार राई, प्रहरी प्रभाग काडाँघारीका प्रमुख राजन थापा, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष भिमसेन थापा, अनलाईन मिडिया कान्तिपथ डट कमका का प्रबन्ध निर्देशक देवराज चौलागाई, गान्धी आदर्श मा.वि.का व्यवस्थापक अध्यक्ष गया प्रसाद उपाध्याय, सरस्वती मा.वि. व्यवस्थापन समितिका अध्यक्ष सिता कडेल पराजुली, सरस्वती मा.वि. का प्र.अ पुष्पराज कुंवरकाे विशेष उपस्थिती रहेको थियाे ।
काठमाडाै महानगरपालिका वडा नम्बर ३२ वडाका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, विभिन्न विध्यालयका प्र.अ एंव प्रतिनिधिहरु उक्त वडा भित्रका समाजसेवी, बुद्धिजिवी, सामुदायिक सेवा तथा विकास समाजका पदाधिकारीहरु, स्थानिय व्यक्तिहरूको उपस्थितीमा “शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया एवं शुभकामना आदान प्रदान साथै स्वागत तथा फेरी भेटौँला कार्यक्रम” सम्पन्न भएको हाे ।
उक्त कार्यक्रममा समाजका सचिब सरिता खनालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो साथै नागरिक समाजका तर्फबाट कोटदेवी विध्यानगर समाज सुधार समितिका अध्यक्ष एवं कान्तिपथ डट कमका प्रबन्ध निर्देशक देवराज चौलागाई, सरस्वती युवा कल्वका अध्यक्ष उत्तम भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
डिएसपी बिरेन्द्र गोदार र प्र.नि. दल कुमार राईले शान्ति सुरक्षाका सम्बन्धमा आफ्नो मन्तव्य राख्नु भएको थियो भने डिएसपी हरि खतिवडा र प्र.नि. यज्ञराज भट्टले उक्त क्षेत्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए।
साथै आमन्त्रीत सम्पुर्ण महानुभावहरुमा स्वागत तथा फेरी भेटौँला एवं शान्ति सुरक्षा सम्बन्धी शुभकामना व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र मार्फत हुने हरेक कार्यक्रमलाई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना सहित आफ्नो मन्तव्य राखेका थिए ।
२७ वैशाख २०८२, शनिवार १३:५७ बजे प्रकाशित