लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

4.23K
shares

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा विषयक नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

“समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत  सामुदायिक सेवा तथा विकास समाज एंव सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर-३२, प्रहरी वृत नयाँबानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, कोटदेवी विध्यानगर समाज सुधार समिति नरेफाँट, नेपाल सेन्ट्रल हाई स्कुल नरेफाँट, जागृति एकेडेमी नरेफाँट, कोटदेवी पब्लिक स्कुल नरेफाँट समेतको संयुक्त आयोजनामा “का.म.पा.-३२ नरेफाँट स्थित नेपाल सेन्ट्रल हाई स्कुलको प्राङ्गणमा कोटदेवी विध्यानगर समाज सुधार समिति नरेफाँटका अध्यक्ष देवराज चौलागाईकाे अध्यक्षातामा, जिल्ला प्रहरी परिसर काठमान्डौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हाे।

कार्यक्रममा प्रहरी वृत नयाँबानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडा, राष्ट्रिय कलाकार  जित बहादुर नेपाल, प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्र.नि. यज्ञराज भट्ट, प्रहरी प्रभाग काडाँघारीका प्रमुख प्र.नि. राजन थापा, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्र.नि. सुर्य प्रसाद पौडेल लगाएतकाे उपस्थिति रहेकाे थियोे ।

साथै कार्यक्रममा का.म.पा.-३२ का वडा सदस्य भगवान बुढाथोकी यस सामुदायिक सेवा तथा विकास समाजका बरिष्ठ उपाध्यक्ष  कृष्ण बहादुर के.सिज्यू, उपाध्यक्ष पदम नारायण श्रेष्ठ, सह कोषाध्यक्ष सुवाष रिमाल लगायत उपस्थित पदाधिकारीहरु, नेपाल सेन्ट्रल हाई स्कुलका प्र.अ. सुर्य भन्डारी, जागृति एकेडेमीका प्र.अ. राजन श्रेष्ठ, कोटदेवी पब्लिक स्कुलका प्र.अ. एवं प्याप्सन काठमान्डौं जिल्लाका अध्यक्ष नवराज भट्ट, गान्धी आदर्श मा.वि. व्यवस्थापन समितिका अध्यक्ष  गया प्रसाद उपाध्याय साथै का.म.पा.-३२ नरेफाँट क्षेत्रका आमन्त्रीत टोल सुधार समिति र बिभिन्न सामाजिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विध्यालयका प्र.अ., अभिभावक तथा विध्यार्थीहरु, समाजसेवी र बुद्धिजिवीहरुको विशिष्ट उपस्थितिमा “लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा विषयक नागरिक सुनुवाई कार्यक्रम” सम्पन्न भएको थियाे ।

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083