उपाध्यक्ष डा. लामाको पहलमा निर्माण सम्पन्न हुँदै हेलम्बुका गुम्बाहरु

Nepal Life Insurance Long Ad

हेलम्बु। गत सोमबार र मंगलबार  दुई दिन लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ), भारतीय दूतावासका प्रतिनिधि नारायण सिंह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि सहित  सिन्धुपाल्चोकमा निर्माण भएर अन्तिम चरणमा पुगेका गुम्बाहरुको निरीक्षण गरेका छन् ।

पाँच सय वर्ष भन्दा पुराना ऐतिहासिक गुम्बाहरु ०७२ सालको महाभूकम्प बाट  पूर्ण रूपमा भत्किए पछी पर्यटकीय महत्व बोकेका बहुमूल्य गुम्बाहरु निर्माण नहुदा त्यहाँका स्थानीयहरुले त्यसको प्रत्येक असर भोग्नु परेको थियो ।

पर्यटन क्षेत्रमा मात्र नभई जन्म देखि मृत्यु संस्कार सम्म बौद्ध धर्मावलम्बीहरुको सम्बन्ध जोडिएको पवित्र गुम्बाहरु भत्किदा धार्मिक क्षेत्रमा प्रत्यक्ष असर पुगेको भन्दै भुकम्प पछि करिब १० वर्षको निरन्तर सक्रिय मेहनत र समन्वय बाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले गुम्बा निर्माण कार्य सम्पन्न गर्ने अन्तिम चरणमा पुर्‍याएका छन् ।

भारत सरकारको सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रियस्तरको भवन निर्माण एकाइले आज भन्दा पाँच वर्ष अघि  १४ अक्टोबर २०२० मा ठेक्का आह्वान गरेर गुम्बाहरुको पुनर्निर्माण कार्यको सुरुवात गरेको थियो ।

गुम्बा पुनर्निर्माणका लागि भारत सरकारले प्रत्येक गुम्बालाई १० करोडभन्दा बढी रकम विनियोजन गरेको भए पनि नेपाल सरकारले ठेक्का आह्वान गर्दा घटेर चिरी गुम्बा ६ करोड ४५ लाख, शेर्माथाङ गुम्बा पाँच करोड ५० लाख र  तार्के घ्याङ गुम्बा करिब सात करोडमा ठेक्का सम्झौता भएको थियो। हाल हेलम्बु गाउँपालिकाको चिरी गुम्बा, तार्के घ्याङ गुम्बा र शेर्माथाङ लगायत  सिन्धुपाल्चोकका तीन पौराणिक गुम्बाको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।

पुन:निर्माणको अन्तिम चरणमा रहेको चिरी गुम्बा

हेलम्बु गाउँपालिकामा निर्माणाधीन तीन पौराणिक गुम्बामध्ये चिरी गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सितार लामाको अनुसार,- ” चिरी गुम्बामा गजुर राख्ने, गुम्बाभित्र मूर्ति प्रतिस्थापन गर्ने र फिनिसिङ, पेन्टिङ र विभिन्न कलाकृतिको काम सम्पन्न भएर निर्माण कार्यको अन्तिम चरणमा रहेको छ।”

चिरी गुम्बा निर्माण सम्पन्न भए पछि झन्डै १५८ घरधुरी (जजमान) सहभागी भएर वार्षिक झन्डै आधा दर्जन भन्दा बढी लामो तथा छोटो अवधिको नियमित  पुजा सम्पन्न गर्ने  स्थानीयले बताए ।

स्थानीयको अनुसार गुम्बा निर्माण पछि विदेशी पर्यटकहरु ध्यान तथा पुजा कार्यक्रममा सहभागी भएर लामो अवधी सम्म यस गाउमा रहेन छन् , जसको कारण पर्यटन प्रबर्द्धन र विकास पुरानै लयमा फर्किने विश्वास व्यक्त गरेका छन् ।

पुन: निर्माणको अन्तिम चरणमा रहेको तार्केघ्याङ गुम्बा

त्यस्तै तार्केघ्याङ गुम्बा करिब सात करोडमा ठेक्का सम्झौता भए अनुसार निर्माण कार्यको अन्तिम चरण रहेको तार्केघ्याङ गुम्बाका प्रमुख लामा कृसङ्ग लामाले बताए ।  उनको अनुसार तार्केघ्याङ गुम्बाको प्राङ्गण निर्माण र केही आर्टको काम ठेक्का सम्झौतामा छुट भएको कारण केही ढिला भए पनि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) को पहलले केही चन्दा संकलन भएको र भारत सरकारको सहयोग हुने प्रतिबद्धता प्राप्त भएको कारण बाँकी काम केही दिनमै सम्पन्न हुने बताए ।

पुन: निर्माणको अन्तिम चरणमा रहेको शेर्माथान गुम्बा

त्यस्तै शेर्माथाङ गुम्बा निर्माणमा पाँच करोड ५० लाख सम्झौता भए अनुसार सबै निर्माणको अन्तिम चरणमा रहेको  शेर्माथाङ गुम्बाका प्रमुख लामा सार्की लामाले बताए । उनको अनुसार हेलम्बुमा पुनर्निर्माण भइरहेका ऐतिहासिक गुम्बा पाँच सय वर्षसम्मका पुराना हुन्। यी गुम्बा पुरातत्व विभागले दिएको डिजाइन अनुसार प्राचीन शैलिमानै पुनःनिर्माण भएको छ। अग्राख काठ, चुनासुर्की र ढुंगामाटो प्रयोग बनाइएको गुम्बा भुकम्प प्रतिरोधात्मक हो ।

हाल हेलम्बुका गुम्बाहरुमा साना तथा ठूला गरी पुरातात्त्विक दर्जनौं बुद्धको मूर्ति रहेका छन् । भूकम्पले गुम्बा ढलेपछि मूर्ति तथा महत्वपूर्ण सामग्री सहितको धार्मिक ग्रन्थहरु  टहरामा राखिएका छन् ।  गुम्बाहरुको पुनः निर्माणले हेलम्बुका स्थानीयहरु खुसी भएका छन् भने पर्यटकहरु उत्साहित भएका छन् ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...