कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

1.47K
shares

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण, अनुगमन तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न गर्नुभएको छ।

निरीक्षणपछि आयोजित निर्देशन तथा सम्बोधन सत्रमा डीआईजी कार्कीले समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न प्रभावकारी प्रहरी परिचालन अत्यावश्यक भएको बताउँदै, प्रहरी सेवालाई अझ सुदृढ र जनमैत्री बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले प्रहरीको आचरण, कार्यशैली, स्रोत साधनको संरक्षण तथा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

प्रत्येक प्रहरी कर्मचारीले संगठनको मर्यादा कायम राख्दै कुनै पनि प्रकारको अनुशासनहीन क्रियाकलाप नगर्न चेतावनी दिँदै, सम्बन्धित कार्यालयहरूबाट प्राप्त निर्देशन र परिपत्रहरूको अक्षरशः पालना गर्न निर्देशन दिनुभयो।

“हरियाली हाम्रो पहिचान, वृक्षारोपण हाम्रो अभियान” भन्ने नारासहित उहाँले जिल्ला प्रहरी कार्यालय इलामको परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो।

कार्यक्रमकै अवसरमा डीआईजी कार्कीले इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, विभिन्न संघ-संस्था, संचारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसँग परिचय तथा अन्तरक्रिया पनि गर्नुभएको थियो।


Mitsubishi Long Ad