प्रहरी जवान भनेको संगठनको मेरूदण्ड हो : एसएसपी विश्व अधिकारी

2.5K
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीबाट प्रहरी वृत्त दरवारमार्गको निरीक्षण गर्नु भएको छ। निरीक्षण क्रममा जवान भनेको संगठनको मेरूदण्ड रहेको र संगठनमा जवानको योगदान समेत उच्च रहेको बताउनु भएको छ ।

सेवाग्राहीहरुसंगको दैनिक व्यवहारमा व्यावसायिकता प्रदर्शन गर्न र सभ्य शिष्ट तवरले प्रस्तुत हुन, आफुलाई तोकिएको जिम्मेवारी अनुसार सबै दर्जाका प्रहरी कर्मचारीहरूले प्रभावकारी र उत्कृष्ट तवरबाट कार्यसम्पादन गर्न निर्देशन दिनु भयाे।

साथै निरीक्षण र रोलकाल जस्ता कुराहरू नियमित गर्नुपर्ने, ड्रिलहरु परिवर्तन भइरहने हुँदा सो अनुसार सबैलाई जानकारी गराई सबै प्रहरी कर्मचारीहरु अपडेट हुनुपर्ने बताउनु भयाे ।

साथै मौसम जन्य विपदको बेलामा आफ्नो कार्यालयमा भएको उद्धारका सामाग्रीहरू तयारी रूपमा राख्न र तत्कालै परिचालन हुन सक्ने अवस्थामा रहन समेत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भएको थियाे।


Mitsubishi Long Ad