प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध पक्राउ पुर्जी जार
वि.सं.२०८२ असार ८ आइतवार १६:२८
5.3K
shares
shares

बर्दिया। जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बर्दियाकी समानुपातिक सांसद रायमाझीविरूद्ध जिल्ला अदालत पर्साले जेठ १६ गते नै उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले जानकारी दिए। उनीविरूद्ध बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो। स्रोतका अनुसार उनीविरूद्ध ३ लाख भन्दा बढी रकमको चेक बाउन्स भएको कसुरमा उनीविरूद्ध पुर्जी आएको पर्सा प्रहरी स्रोतले बतायो। उनलाई पक्राउ गर्न पर्सा प्रहरीले बर्दिया प्रहरीलाई पनि पत्राचार गरिसकेको छ। हाल उनको मोबाइलमा सम्पर्क हुन सकेको छैन।















