स्ववियू बानेश्वर बहुमुखी क्याम्पसकाे आयाेजनामा समाचार लेखन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

10.14K
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी यूनियन, बानेश्वर बहुमुखी क्याम्पसकाे आयाेजनामा समाचार लेखन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

स्ववियू अध्यक्ष भुमिराज अधिकारीकाे अध्यक्षतामा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काकाे प्रमुख आतिथ्यतामा  संस्थापक क्याम्पस प्रमुख केदार न्याैपानेकाे विशेष आतिथ्यतामा उक्त कार्यक्रम आज सम्पन्न भएको हाे।

क्याम्पसमा पत्रकारिता (mass communication ) मा अध्ययनरत विद्यार्थीहरूको लेखनसिप वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सन्चाल गरिएको स्ववियु अध्यक्ष भुमिराज अधिकारीले बताए।

समाचार लेखन तथा प्रशिक्षण कार्यक्रममा गाेरखापत्र दैनिकका पुर्ब प्रधान सम्पादक शिव भट्टराई साथै क्याम्पसका प्रध्यापक लिला भट्टराईकाे उपस्थितिमा प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको थियाे ।

स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएकाे छ।  उक्त कार्यक्रममा स्ववियु पदाधिकारी,सदस्यहरु विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेको थियाे ।

(तस्बिरमा हेर्नुस्)


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083