मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न

1.85K
shares

काठमाडौ । मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई Global IME Bank limited तर्फबाट १ थान रबर बोट र ८ थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको हाे।

काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्दार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसले उद्दार कार्यलाई सहज मात्र नभई जल उत्पन्न प्रकोपको अवस्थामा सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै Global IME Bank limited को सहयोगमा १ थान रबर बोट र ८ थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको हो ।

विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले काठमाडौँ उपत्यका प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत ८८७ जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण प्रदान गरि सकिएको जानकारी दिनु भयो ।

साथै हरेक वर्ष जल उत्पन्न प्रकोपले उपत्यकामा ठुलो मात्रमा क्षति गर्ने गरेको विगतलाई मध्यनजर गर्दै साधन श्रोतको कमीलाई महशुस गरि हाल सम्म ७०० वटा लाईफ ज्याकेट र निजि क्षेत्रबाट १ वटा रबर बोट प्राप्त गरिसकेको जानकारी दिनु भयो । साथै प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने Global IME Bank limited लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धब्यबाद व्यक्त गर्दै यसको सुरक्षित भण्डारण तथा अत्याधिक उपभोगिताको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा Global IME Bank limited का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले मन्तव्य व्यक्त गर्दै विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । साथै Global IME Bank limited आगामी दिनहरुमा पनि समन्वय,सहकार्य र सहयोगका लागी सधै तयार रहेको बताउनु भयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, Global IME Bank limited का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


Mitsubishi Long Ad