एसएसपी नवराज अधिकारीद्वारा प्रहरी जवान मान बोहरालाई जेठ महिनाको उत्कृष्ट ट्राफिक घोषित

13.17K
shares

काठमाडौ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले ट्राफिक प्रहरी वृत्त जनसेवामा कार्यरत प्रहरी जवान मान बहादुर बोहरालाई २०८२ जेठ महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” घोषणा गरि सम्मान गरेका छन् ।

ट्राफिक प्रहरी जवान मान बहादुर बोहराले भागीय नीति निर्देशन तथा अडर आदेशको अक्षरस: पालना गर्दै आफुलाई खटाईएको स्थानहरुमा सवारी आवागमनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाउन आफुलाई तोकिएको जिम्मेवारी बिवाद रहित तवरले पुरा गरेका थिए ।

साथै सर्वसाधारणबाट सकारात्मक पृष्टपोषण प्राप्त हुनुको साथ साथै निजले गरेको हालसम्मको कार्य सम्पादन स्तर तुलनात्मक रुपमा उत्कृष्ट रहेको पाइएकोले निज प्रहरी जवानलाई २०८२ जेठ महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” घोषणा गरिएको हाे।


divya collage
unigloble collage