नेपाल प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा सिफारिस
वि.सं.२०८२ साउन ५ सोमवार १४:१५
5.66K
shares
shares

काठमाडौ । नेपाल प्रहरीका ११ जना (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन्।
सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।
तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधी ज्ञवाली, दीपक पोखरेल, प्रविण धिताल, राजीब बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुयालको बढुवा सिफारिस भएको हो।































