विद्यार्थीहरुलाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको माग गर्दै स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र

स्वास्थ्य मन्त्री पौडेलसँग स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा भेट : विद्यार्थीहरुलाई बीमा पहुँचको माग

5.89K
shares

काठमाडौँ। स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले विद्यार्थी तथा कर्मचारीहरूका लागि प्रभावकारी स्वास्थ्य सेवा र सामूहिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।

स्ववियू सभापति भुमिराज अधिकारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरी पत्र हस्तान्तरण गरेको हो।

ज्ञापनपत्रमा विद्यार्थी र शिक्षण/गैर-शिक्षण कर्मचारीहरूलाई लक्षित गरी स्वास्थ्य सेवा सुविधा पहुँच योग्य बनाउने, स्रोत–साधनको अभाव हटाउने र सबैका लागि स्वास्थ्य बीमा उपलब्ध गराउने उल्लेख गरिएको छ। सभापति अधिकारीले सार्वजनिक शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई सुरक्षित र स्वस्थ शैक्षिक वातावरण दिन राज्यको दायित्व रहेको स्पष्ट पारेका थिए।

स्ववियू प्रतिनिधिमण्डल र मन्त्रीबीचको छलफलमा स्वास्थ्य बीमा योजना, स्वास्थ्य सामग्री उपलब्ध व्यवस्थापन, सेवा विस्तार, तथा दीर्घकालीन प्रभावकारिता सम्बन्धमा छलफल गरिएको थियो। स्ववियू अध्यक्ष भुमिराज अधिकारीका अनुसार, विद्यार्थीहरुलाई लक्षित गरेर बीमाका थप विकल्पहरू पनि अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

मन्त्री पौडेलले विद्यार्थी हितमा यस्ता पहलहरू सकारात्मक रहेको बताउँदै, शिक्षा क्षेत्रलाई समेट्ने स्वास्थ्य बीमा नीति बनाउन मन्त्रालय गम्भीर रूपमा लागि परेको जानकारी गराएका थिए। साथै स्ववियुले राखेको बिषयलाई मध्यनजर गर्दै साथ सहयाेग गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नु भएको थियाे।

(विज्ञप्ति सहित)


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083