“ MAW फाउण्डेसनद्वारा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई १० थान मोटरसाइकल हस्तान्तरण ”
वि.सं.२०८२ असोज ५ आइतवार १८:१२
shares

काठमाडौ । “ MAW फाउण्डेसनद्वारा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई १० थान मोटरसाइकल हस्तान्तरण ” कार्यक्रम सम्पन्न भएको छ।
वर्तमान परिस्थितिमा स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्येनजर गर्दै MAW फाउण्डेसनले आज यस काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच १० थान मोटरसाइकल काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई हस्तान्तरण गरेको हाे ।
मोटरसाइकल हस्तान्तरण कार्यक्रममा सो फाउण्डेसनका अध्यक्ष विष्णु कुमार अग्रवाल र सो संस्थाका पदाधिकारीहरू साथै काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।































