स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा ११औं संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

5.14K
shares

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन, बानेश्वर बहुमुखी क्याम्पसले ११औं संविधान दिवसको अवसरमा विशेष दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।  ११औं संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम क्याम्पस प्राङ्गणमा आयोजना गरिएको थियो।

कार्यक्रममा सम्बोधन गर्दै स्ववियु अध्यक्ष भुमिराज अधिकारीले संविधानले दिएको अधिकार र कर्तव्यबारे प्रकाश पार्दै युवा पुस्तालाई त्यसको सम्मान गर्न आह्वान गरे। दीप प्रज्वलनमार्फत शान्ति, समृद्धि र सहिष्णुताको सन्देश प्रवाह गर्ने प्रयास गरिएको बताए ।

कार्यक्रमको उद्देश्य संविधान दिवसको महत्व स्मरण गर्नुका साथै राष्ट्रिय एकता, लोकतन्त्र र विधिको शासनलाई सम्मान गर्ने रहेको थियो। कार्यक्रममा क्याम्पसका विद्यार्थीहरु लगाएतकाे, प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083