काठमाडौं प्रहरीको नेतृत्व परिवर्तन, एसएसपी थापालाई जिम्मेवारी

4.16K
shares

काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौंमा नयाँ एसएसपीलाई जिम्मेवारी दिएको छ।

काठमाडौंका एसएसपी विश्वराज अधिकारीलाई सरुवा गर्दै उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाइएको हो। थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत छन्।उनले यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्ड समेत गरिसकेका छन्। उनी सञ्चार उद्यमी रामेश्वर थापाका भाईसमेत हुन्।

जेनजी आन्दोलनमा सुरक्षा चुक भएको भन्दै नेतृत्व परिवर्तन गरिएको बताइएको छ। यद्यपि एसएसपी अधिकारीले त्यसबाहेकका प्रहरी अपरेसनमा भने निकै चर्चा कमाएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083