डिआईजी अरुण पौडेलद्वारा जिल्ला प्रहरी कार्यालय धादिङको निरीक्षण

5.88K
shares

काठमाडौ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले जिल्ला प्रहरी कार्यालय धादिङको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई जनमुखि प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।

प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एवं अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त बनाउने उदेश्यले उक्त निरीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै डीआईजी अरुण पौडेलले भौगोलिक विकटता र हिमाली भु-भागका कारण प्रहरी सेवा प्रवाहमा कठिनाई रहेता पनि नेपाल प्रहरी आम नागरिकको सेवाका लागि सदैव कटिवद्ध हुनुपर्ने बताउँदै जनतालाई नै केन्द्रविन्दूमा राखी कार्यसम्पादन गर्न गराउन मनाङ स्थित कार्यरत प्ररही कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

साथै प्रहरी कर्मचारीहरुले आफूलाई तोकिएको र दिईएको जिम्मेवारीलाई गम्भिरताकासाथ नागरिक संवेदनशिलतालाई मनन् गरी उच्च सतर्कताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै नागरिकसंग सभ्य, मर्यादित एवं शिष्ट व्यवहारसंगै प्रहरी काम कारवाहीमा भने कडा रुपमा प्रस्तुत हुन निर्देशन दिनु भएको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083