स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयाेजित तीन महिने कम्प्युटर कक्षा अन्तर्गतको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा संचालित कम्प्युटर सिकाई अन्तर्गतको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
वि.सं.२०८२ मंसिर १५ सोमवार ११:३८
5.45K
shares
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसद्वारा सञ्चालन गरिएको तीन महिने कम्प्युटर कक्षा (प्रशिक्षण कार्यक्रम) अन्तर्गतको प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा क्याम्पस प्रमुख डा. घमनसिंह खड्काको प्रमुख आतिथ्यतामा, स्ववियू अध्यक्ष भुमिराज अधिकारीको अध्यक्षता र प्रशिक्षक सन्जय घिमिरेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।

गर्मी विधामा २०८२/२/१३ गतेदेखि सञ्चालन गरिएको तीन महिने कम्प्युटर कक्षा (प्रशिक्षण कार्यक्रम) अन्तर्गतका सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण समेत गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।
उक्त कार्यक्रममा स्ववियू पदाधिकारी,सदस्य, विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेको थियाे।





















