नागरिक सुनुवाइ एवं लागू औषध दुर्वयसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
वि.सं.२०८२ मंसिर १८ बिहीवार २२:०७
shares

उदयपुर । नागरिक सुनुवाइ एवं लागू औषध दुर्वयसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा जिल्ला उदयपुर ताप्ली गाउँपालिका वडा नं. ५ स्थित रुपाटारमा नागरिक सुनुवाइ एवं लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हाे।
उक्त कार्यक्रममा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङगराज बिश्वकर्मा, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डेय, पशुपति प्रसाद गण पिपलटार उदयपुरका प्रमुख सेनानी मनोज कार्की, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाई, राष्ट्रिय अनुसन्धान उदयपुरका प्रमुख तुलसी कट्टेल, सशस्त्र प्रहरी वल नेपाल ५ नं. गण हे. क्वा उदयपुरका शसस्त्र प्रहरी नायव उपरीक्षक सनद कुमार बिष्ट, स्थानीय तहका पदाधिकारीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, स्थानीयवासीहरूकाे उपस्थिति रहेको थियो ।
कार्यक्रममा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी प्रहरी उपरीक्षक राजन चापागाईले सचेतनामूलक प्रस्तुति सहित सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र प्रहरी उपरीक्षक राजन चापागाईले उपस्थित महानुभावहरुबाट प्राप्त सवालहरुको सम्बोधन गर्नु भएको थियो ।
















