स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्दै

मङ्सिर २१ गते आइतबार क्याम्पस परिसरमै निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम संचालन हुने

5.43K
shares

काठमान्डौ । स्वतन्त्र विद्यार्थी यूनियन बानेश्वर बहुमुखी क्याम्पसको आयोजना तथा क्याम्पस प्रशासनको समन्वयमा यहि मङ्सिर २१ गते आइतबार क्याम्पस परिसरमै निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम संचालन हुने भएको छ।

स्वास्थ्य सेवाको पहुँच सबैमा पुर्‍याउने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाहरूले सहभागिता रहने स्ववियू अध्यक्ष भुमिराज अधिकारीले जानकारी दिए ।

कार्यक्रममा रक्त परीक्षण, आँखाको परीक्षण, दाँतको परीक्षण लगायत प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइने छ। साथै रक्तदान महत्वपूर्ण मानवसेवा भएकोले सो कार्यक्रममा सबैलाई सहभागिताका लागि आव्हान गरिएको छ।

स्वास्थ्य सचेतना बढाउन र सामुदायिक सेवा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेकाे अध्यक्ष अधिकारीले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083