अवकाश प्राप्त एआईजी सन्दिप भण्डारीकाे उपस्थितिमा “अन्तरक्रिया कार्यक्रम सम्पन्न”

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा आयोजित अन्तरक्रिया कार्यक्रम आज सफलता पूर्वक सम्पन्न

3.58K
shares

 

सिन्धुलि। अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक  सन्दिप भण्डारीकाे उपस्थितिमा “अन्तरक्रिया कार्यक्रम सम्पन्न” भएको छ।

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा आयोजित अन्तरक्रिया कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको हाे।

उक्त कार्यक्रममा केन्द्रका पुर्व समादेशक तथा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकाल, सह-समादेशक प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरी सहित उक्त केन्द्रमा कार्यरत प्रहरी निरीक्षक, जुनियर प्रहरी अधिकृत तथा प्रशिक्षक वर्गको सहभागीता रहेको थियो।

उक्त कार्यक्रमका क्रममा हाल तालिमरत प्रहरी जवान आधारभूत तालिम ६–२०४ औं६–२०५ औं समूहका प्रशिक्षार्थीहरुसंग प्रशिक्षणको प्रभावकारिता, अनुशासन, तालिमपश्चात सेवामा आत्मविश्वास अभिवृद्धि लगायतका विषयमा कुराकानी तथा अनुभव आदान–प्रदान गरिएको थियो।

अन्त्यमा, प्रशिक्षार्थीहरुलाई देश र जनताप्रतिको कर्तव्यपालनमा अझ प्रेरित, उत्प्रेरित र दक्ष बनाउँदै कार्यक्रम सम्पन्न भएको तालिम केन्द्रले जनाएको छ।