स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
क्याम्पस प्रमुख डा. घमानसिंह खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न
वि.सं.२०८२ मंसिर २१ आइतवार १५:०१
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसकाे आयाेजनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ओम समाज डेन्टल, EYE CLUB र नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्तसञ्चार सेवाकाे सहकार्यमा क्याम्पस परिसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आज सम्पन्न भएकाे हाे।
क्याम्पस प्रमुख डा. घमानसिंह खड्काकाे प्रमुख आतिथ्यतामा, स्ववियू अध्यक्ष भुमिराज अधिकारीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे । 
कार्यक्रममा विशिष्ट अतिथि पुर्ब क्याम्पस प्रमुख केदार न्याैपाने, अतिथिकाे रुपमा बानेश्वर बहुमुखी क्याम्पस प्रध्यापक संघका अध्यक्ष सुधिर रिमाल, ओम समाज डेन्टलका प्रतिनिधि धन प्रसाद घिमिरे, आई कल्बका निर्देशक अर्जुन अधिकारी रेडक्रस साेसाईटीका प्रतिनिधि जुसान श्रेष्ठ लगाएकाे आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले विद्यार्थीहरूले स्वास्थ्य जस्ता सामुदायिक हितका कार्यक्रमहरू अघि सारेको कदम प्रसंसनिय रहेको बताउनु भयो। उहाँले भविष्यमा पनि यस्ता सहुलियतपूर्ण सेवाहरू निरन्तर सञ्चालन गर्न स्ववियूलाई शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमका स्ववियू अध्यक्ष भुमिराज अधिकारीले विद्यार्थी, शिक्षक तथा सिङ्गो समुदायको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी यो कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो। उहाँले सहयोगी संस्थाहरू तथा सक्रिय सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो।
शिविरमार्फत दन्त परीक्षण, आँखा परीक्षण, सामान्य स्वास्थ्य परीक्षण साथै रक्तदान कार्यक्रम सम्पन्न भएको थियाे। साथै कार्यक्रमलाई सफल बनाउन स्ववियू पदाधिकारी,सदस्यहरु, स्वयंसेवक तथा क्याम्पस प्रशासनको उल्लेखनीय सहयोग रहेको थियो।
कार्यक्रममा शिक्षक, कर्मचारी एवम् क्याम्पसमा रहेका विभिन्न संगठनका प्रतिनिधिहरु क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेको थियाे।
























