बाली काटेको खेतमा आगो लगाउदा माटोको उर्वरा शक्तिमा ह्रास
वि.सं.२०८२ मंसिर २३ मंगलवार २०:०१
shares

कपिलवस्तु। कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका वडा नं २ बरवा निवासी सिता भण्डारीको परिवार कृषि पेशामा आश्रीत छ । उनीहरुले झन्डै २० कठ्ठा क्षेत्रफलमा कृषि पेशा गर्दै आएका छन् । मुख्यतया उनीहरु खाद्यन्न बाली लगाउने गर्छन् । भण्डारी भन्छिन् पहिले हातैले काटिन्थ्यो र बचेका ठुटाहरु हामीले आगो लगाउन पर्दैन्थ्यो अहिले गाउँका सबैले नै त्यसै गर्छौ मेसिनले धान काटेपछि आगो लगाउँछौ ।कपिलवस्तु जिल्ला कृष्ण नगरनगरपालिका वडा नं ६ निवासी विश्वनाथ यादवको परिवार सहित गाउँका २०० घरधुरी मध्य अधिकांस किसानले कृषि जन्य फोहोर व्यवस्थापन आगो लगाएर गर्ने गर्छन् । त्यस्मा पनि सबै भन्दा बढी किसानहरुले खैतमै आगो लगाउने गर्छन् । राष्ट्रिय कृषि गणना २०७८ का अनुसार लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा ५७०३९.४ हेक्टर क्षेत्रफल जमिनमा जम्मा कृषक परिवार संख्या १ लाख १७ हजार ३ सय ३३ रहेको छ। जस्मध्य १ लाख १७ हजार ३ सय ३३ कृषक खाद्यन्न बालीमा निर्भर छन् ।कृषि विज्ञ अनील बानीयाका अनुसार यसरी कृषि जन्य बाली खाद्यन्न काटीसके पछि खेत बारीमा मुख्यतया किसानहरुले हरेक वर्ष दुईपटक खेतमा आगो लगाउँछन्। मंसिरमा धान र चैत र वैशाखमा महिनामा गहुँ भित्र्याएपछि खेतमा रहेको ठुटाहरु आगो लगाउने गरेका छन् । यसो गर्दा उनीहरुलाई आगामी दिनमा अन्नबाली लगाउन सजिलो हुने मान्यता रहेको पाइन्छ ।
पहिले हँसियालको मद्दतले हातैले धान र गहुँ खेतमै काटेर सुकाएर मुठा बनाएर अन्न व्यवस्थापन गर्थे तर, कम्बाइन हार्वेस्टरले छोटो समयमा नै धान र गहुँको नललाई एकातिर र दानालाई अर्कोतिर छुट्ट्यादिन थालेपछि कम्बाइन हार्वेस्टरले धान र गहुँका दाना लिने बाँकी अवसेस भने खेतमै छोडिदिने भएकाले नल ननिकाल्दा खनजोत गर्न कठिन हुने, काटेर निकाल्न खर्चिलो हुने भएपछि नललाई नष्ट गर्न खेतमा आगो लगाउने चलन सुरु भएको हो। कपिलवस्तु, रुपन्देही, नवलपरासी आसपासका जिल्लामा धान र गहुँको नलमा आगो लगाउने क्रम सामान्य जस्तै भएको छ ।

कृषि गणना २०७८ को तथ्यांक अनुसार अहिले कपिलवस्तु जिल्लाका कूल कृषक परिवार मध्य सबै भन्दा बढी ८ प्रतिशतले कम्पोष्ट बनाएर कृषि जन्य फोहोर व्यवस्थापन गर्ने गर्छन् भने कृषक परिवारले १५ प्रतिशतले जलाएर कृषि जन्य फोहोर व्यवस्थापन गर्ने गरेको देखीएको छ। त्यस्तै अन्य हिसाबले व्यवस्थापन १५ प्रतिशतले गाडेर व्यवस्थापन गरेका ९ प्रतिशतले इन्धनको रुपमा प्रयोग गरेको र किसानले कुनै व्यवस्थापन नगरेको ९ प्रतिशत र व्यवस्थापकलाई पठाएर व्यवस्थापन गरेको १५ प्रतिशत र कृषक परिवार संख्या ९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
कृषि विज्ञानका जानकारहरूका अनुसार आगो लगाउँदा खेतमा राम्रो हुन्छ भन्ने धारणा गलत हो। नलमा आगो लगाउँदा माटोमा भएका उपयोगी जीवहरू नष्ट हुन्छन् र माटोको उर्वराशक्ति कम हुँदै जान्छ, उब्जनी घट्छ।’
चरा विद् हेम सागर बरालका अनुसार खेतमा गहुँ र परालको नलमा आगो लगाउँनाले पर्यावरणीय सन्तुलनमा समेत असर पार्ने गरेको छ । चराहरुले बचेका बाली र खेतमा वर्षायाममा पानीसँगै रहेका सूक्ष्म जीव र गँड्यौला, भ्यागुता, खुम्ले किरा, घोँगी जस्ता प्राणी धान काटेपछि ओसिलो ठाउँ खोज्दै धानको बोटकमा बस्ने गर्छन र तीनै आहाराको रुपमा खाने गर्छन तर आगो लगाएपछि ती सबै मर्छन् र चराहरुको आहार पनि नष्ट हुनेगर्छ ।जमिनका मसिना वनस्पति खान्छ र त्यसले दिने मल बालीका लागि धेरै लाभदायक हुन्छ।
धानको र गहुँको नलमा गरी वर्षमा दुई पटक आगो लगाउँदा खेतमा गड्यौँला घटेको उनको भनाइ छ । आगो लगाउँदा प्वालमा बस्ने सर्प र माटो मुनि बसेका कछुवा पनि मर्ने गरेका छन्। वायुप्रद्रूषण पनि बढ्छ। धान काटेपछि खेतमा झरेको धान, किराफट्यांग्रा, मसिना वनस्पति इत्यादि खान खेतमा आउने चरा पनि देखिन कम भएको छ। तराई क्षेत्रका खेतमा आगो लगाउने प्रवृत्तिका कारण चराको प्रजनन् र ‘आहार नपाइने क्षेत्रमा चराचुरुंगी बस्दैनन्’ उनी भन्छन्, ‘माटो उर्वर बनाउन र वातावरण स्वच्छ राख्न चराचुरुंगी र मसिना जीवनहरू आवश्यक हुन्छ। ‘सजिलोको लागि आगो लगाउँदा कृषि उत्पादनमा नराम्रो असर पर्छ।’ कृषि ज्ञानकेन्द्रले खेतमा आगो लगाउँदा हुने असरबारे बुझाउन चेतनामूलक कार्यक्रम गर्ने गरेको भए पनि किसानहरूले बेवास्ता गरेको उनको भनाइ छ।
कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार खेतमा आगो लगाएपछि माटोलाई मलीलो बनाउने सूक्ष्म जीवहरू नष्ट हुने र माटोको उर्वराशक्ति घट्दै जान्छ। ती जीवले माटोमा रहेको खाद्यतत्व टुर्क्याएर बिरुवाले ग्रहण गर्न सक्ने बनाउँछन्। ‘नलमा आगो लगाउँदा उब्जनी घट्छ भन्ने कुरा किसानलाई बुझाउन सकिएको छैन। खेतभरि फैलिने गरी नलमा आगो लगाउँदा मित्र जीवहरू नष्ट हुन्छन्,’ उनी भन्छन्, ‘सूक्ष्म जीव डढेर नष्ट भएपछि बिरुवाले माटोमा भएको खाद्यतत्व लिन सक्दैन। यसो भएपछि उब्जनी घट्छ।’ आगो लगाउँदा खेतमा भएका किरा फट्यांग्रा नष्ट हुन्छन् र खरानीले माटो खुकुलो हुन्छ भन्ने भ्रम किसानहरूमा व्याप्त छ। आगो लगाउँदा जमिनको सतहमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास लगायतका पोषक तत्व पनि नष्ट हुन्छन्। झारपात र बुटा डढेको खरानीमा बालीनालीलाई चाहिने सबै तत्व हुँदैन।

कम्बाइन हार्वेस्टरले छाडेको लामो नल स्ट्रारिपर मेसिनले काटेर पशुआहारको रूपमा प्रयोग गर्ने किसानहरू पनि छन् तर यस्तो संख्या नगन्य छ। आगो लगाउनुको साटो नल काट्न प्रोत्साहनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र स्मार्ट कृषि कार्यक्रम मार्फत किसानहरूलाई अनुदानमा स्ट्रारिपर दिने गरिएको छ। तर स्ट्रारिपरको प्रयोग किसानहरुका लागि अत्यन्तै महंगो झन्डै २५०० देखि ३००० पर्ने भएकाले प्रयोग गर्न पनि किसानहरू अनिच्छुक देखिएको उनले बताए। उनका अनुसार कृषि ज्ञान केन्द्रले किसानहरुलाई औपचारिक कृषि तालिम दिदै आएको भएता पनि किसानहरु उक्त तालिममा सहभागितको दर अत्यन्तै न्यून हुने गरेको गुनासो गरे ।
यसरी खेतमै आगो लगाउँदा भविष्यमा माटो गुणस्तर झन् झन् खस्किदै जाने, उर्वरा शक्तिमा रास आई उत्पादकत्वमा असर गर्ने गर्छ भने अर्को तर्फ माटोका सारथी जस्ले माटोलाई उर्वर बनाइराख्न मद्दत पुराउने गर्छ त्यस्ता जिवाणुको अस्तित्वमाम समेत यस्ले असर गर्ने गरेको विज्ञहरुको भनाई छ । त्यसैले सहजताको लागि धान र गहुँका नल खेतमै आगो लगाउँदा धुवाँले वातावरण प्रदूषण हुने विज्ञहरुको भनाई छ।
किसानहरुलाई औपचारिक कृषिमा सहभागि गराई यस्का आगो लगाउदा वातावरणमा पर्ने असर बारे जानकारी गराउन आवश्यक रहेको देखिन्छ । यसो नगरे भविष्यमा मानव जाति र वातावरण दुबैको अस्तित्वमा संकट आउन सक्ने संभावना देखिन्छ ।
















