चित्रकलामा ऋतम्भरा पाठशाला/कलेजलाई सर्वोत्कृष्ट उपाधि

156
shares

भक्तपुर ।  वी क्यान एजुकेशनल नेपाल भक्तपुरको आयोजनामा तथा शिक्षा इङ्ग्लिस स्कुल मा सम्पन्न अन्तरविद्यालय रंग भर्ने तथा चित्रकला प्रतियोगितामा ऋतम्भरा पाठशाला/कलेज सर्वोत्कृष्ट घोषित हुँदै उपाधि जित्न सफल भएको छ।

प्रतियोगितामा भक्तपुरका विभिन्न संस्थागत विद्यालयहरूको सहभागिता रहेको थियो। प्रत्येक विद्यालयबाट पाँच/पाँच जना विद्यार्थी सहभागी भएका थिए। प्राथमिक तहदेखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी रहेको प्रतियोगितामा समग्र मूल्याङ्कनका आधारमा ऋतम्भरा पाठशाला/कलेज प्रथम स्थान हासिल गर्दै सर्वोत्कृष्ट उपाधि जित्न सफल भएको हो।
विद्यालयले विगतदेखि नै विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। सहभागी हुने अधिकांश प्रतियोगितामा कुनै न कुनै पुरस्कार जित्न सफल हुने ऋतम्भरा पाठशाला/कलेजले यसपटक पनि आफ्नो उत्कृष्टता कायम राखेको छ।

ऋतम्भरा पाठशाला/कलेज चाँगुनारायण नगरपालिका–२ मा अवस्थित छ। छोटो अवधिमै माध्यमिक तह सञ्चालन गरी प्लस टु कक्षा सञ्चालन गर्ने क्षेत्रकै अग्रणी संस्थागत विद्यालयका रूपमा परिचित रहेको विद्यालयले संस्कारसहितको गुणस्तरीय शिक्षालाई आफ्नो मूल मन्त्र बनाउँदै आएको छ।

विद्यालयले सञ्चालन गरेको पहिलो ब्याचमै माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ४ जीपीए हासिल गराउन सफल भएको जनाएको छ। साथै, चाँगुनारायण नगरपालिकाभित्र ४ जीपीए ल्याउने कान्छो तथा पहिलो विद्यालयको रूपमा समेत आफ्नो पहिचान स्थापित गरेको छ।
विद्यालय व्यवस्थापनका अनुसार स्थापना भएको प्रारम्भिक चरणमै कोभिड–१९ महामारीको चुनौती सामना गर्नुपरे पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै अतिरिक्त क्रियाकलाप, गुणस्तरीय शिक्षण र दक्ष शिक्षक–शिक्षिकाको व्यवस्थामा विशेष ध्यान दिइएको छ। साथै विभिन्न विधाका अनुभवी प्रशिक्षकमार्फत अतिरिक्त क्रियाकलाप सञ्चालन गरिँदै आएको छ।

यसैबीच, विद्यालयले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा मानविकी तथा व्यवस्थापन संकायमा विशेष छात्रवृत्तिसहित भर्ना खुला गरिएको जानकारी दिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083