एसएसपी भुवनेश्वर तिवारी सिरहा पुगेर गरे ट्राफिक कार्यालय निरीक्षण
वि.सं.२०८३ जेठ १७ आइतवार १५:४७
1.21K
shares
shares

सिरहा। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी भुवनेश्वर तिवारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाको निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
निरीक्षण अनुगमनका क्रममा वहाँले कार्यरत ट्राफिक कर्मचारीहरुलाई सवारी दुर्घटना न्यूनीकरणको लागी प्रविधिको प्रयोग संगै अनुशासन, पारदर्शिता तथा जिम्मेवार भई ट्राफिक प्रहरी सेवा प्रवाह गरी नागरीकलाई सडकमा सुरक्षित साथ यात्रा गर्ने वातावरण मिलाउन आवश्यक निर्देशन दिनु भएको थियो ।
साथै नागरिकमैत्री सेवा प्रवाह, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको थियो । उहाँले ट्राफिक प्रहरी कर्मचारीहरुले ट्राफिक व्यवस्थापनको निम्ति भोग्दै आएका विभिन्न समस्या तथा गुनासोहरुको समेत सुनुवाई गर्नु भएको थियो । सोही क्रममा प्रहरी वरिष्ठ उपरीक्षक तिवारीले “सुरक्षित चालक अभियान” अन्तर्गत सिटी सफारी चालकहरुलाई सुरक्षित चालक अंकित ज्याकेट वितरण गर्नुभएको थियो ।
साथै सिरहा जिल्लाका ट्राफिक प्रमुख इन्सपेक्टर शालिक्रम तिमल्सिनाले सम्पूर्ण जिल्लाको ट्राफिक व्यवस्थापन सम्बन्धी एसएसपी भुवनेश्वर तिवारी सामु जानकारी गराउनुभएको थियो ।
































