आईजीपी कार्कीले १६ वर्ष मै पेन्सन पाउनुपर्छ भन्ने प्रस्ताव गरे : सरकारले अध्ययन गर्ने भन्यो

104
shares
काठमाडौ ।  प्रहरीमा ३० वर्षे सेवा अवधि र जुनियरलाई १६ वर्षमा पेन्सन दिनेबारे सरकारले अध्ययन गर्ने नेपाल प्रहरी र सशस्त्रमा रहेको ३० वर्षे सेवा अवधि पुनरवलोकन गर्नेबारे सरकारले अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत प्रहरी र सशस्त्रको अवकाशको सेवा अवधि र निवृत्तिभरण सुरू हुने सेवा अवधिको बिचमा रहेको विद्यमान अन्तर पुनरवलोकन अध्ययन गर्ने घोषणा गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयले तल्लो दर्जाका कर्मचारीलाई १६ वर्ष सेवा गरेपछि पेन्सन दिनुपर्ने प्रस्ताव गर्दै आएको छ । सशस्त्रले पनि उक्त प्रस्ताव लामो समयदेखि अघि बढाउँदै आएको थियो । बजेट वक्तव्यमा अर्थमन्त्रीले भने, ‘प्रहरी र शस्त्रसको अवकाशको सेवा अवधि र निवृत्तिभरण सुरू हुने सेवा अवधिको बिचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्नेछौँ ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083