जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी दिलिप घिमिरे
वि.सं.२०८३ जेठ १८ सोमवार २०:४२
572
shares
shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) Dilip Ghimire नियुक्त भएका छन्।
नेपाल प्रहरी संगठनभित्र अनुभवी, व्यावसायिक तथा कर्तव्यनिष्ठ अधिकृतका रूपमा परिचित एसएसपी घिमिरेले काठमाडौंको सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापनमा समन्वय तथा नागरिकमैत्री प्रहरी सेवाको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिने अपेक्षा गरिएको छ।
राजधानीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उहाँको नेतृत्वमा शान्ति सुरक्षा सुदृढ हुने, अपराध अनुसन्धान थप प्रभावकारी बन्ने तथा प्रहरी–नागरिक सम्बन्ध अझ मजबुत हुने विश्वास गरिएको छ।
एसएसपी घिमिरेलाई नयाँ जिम्मेवारीका लागि विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।































