पर्सा प्रहरीको ठूलो सफलता : २४० किलो चरेससहित दुई युवकलाई पक्राउ
वि.सं.२०८२ पुस ७ सोमवार १७:२९
3.47K
shares
shares

पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागू औषध चरेससहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ना.३ ख ५०९३ नम्बरको ट्रकचालक मकवानपुरको थाहा नगरपालिका– ११ का २९ वर्षीय सरोज मोक्तान र सोही ठाउँका २१ वर्षीय नवराज लो रहेकाे प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठकका अनुसार विशेष सूचनाको आधारमा ट्रकलाई चेकजाँच गर्दा फल्स बनाई लुकाएको २४० किलो चरेस बरामद भएको हो। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताए।
प्रहरीका अनुसार शनिबार साँझ साढे ७ बजेको समयमा वीरगन्ज महानगरपालिका – २२, जगरनाथपुर ढाटअगाडिबाट उनीहरूलई पक्राउ गरिएको हो।
















