सुशासन कायम गर्न माग गर्दै उपप्रमुख अधिकारीलाई चिट्ठी  

9.31K
shares

रुपन्देही । सोमबार दिउसोको झन्डै १२ः१५ बजे कार्यकक्षममा रहीरहँदा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको नाममा एउटा गोप्य पत्र आयो। नगर-उपप्रमुख अधिकारीलाई सम्बोधन गरिएको उक्त पत्रमा लेखिएको विषय जस्ताको त्यस्तै – “प्रस्तुत सम्बन्धमा तपाई जनप्रतिनिधि, नगरपालिकाको संरक्षक पालिका भित्रका विभिन्न निकायमा सुशासन कायम गराउने जिम्मेवार व्यक्ति र न्यायिक समितीको अध्यक्ष हुनुहुन्छ ।

यसै नगरपालिकाको वडा नं ५ मा रहेको भैरहवा नमुना मा वि को शैक्षिक गुणस्तर निकै खस्कदो अवस्थामा छ । वर्षेनी विद्यार्थीको संख्या घट्दो क्रममा छ । त्यस विद्यालयको व्यवस्थापन समितीको अध्यक्ष पद वर्षोदेखि एकलौटी रुपमा कब्जा गर्दै आन्द प्रसाद गुप्ताले विद्यालय धरासायी अवस्थामा पुर्र्याएको तपाईलाई थाहै होला।

वि.व्य.स अध्यक्ष पदमा रहँदा निज गुप्ताले पदको दुरुपयोग गरि गैरकानुनि रुपले आफ्‌नो तलब आफै तोकेर खाँदै आएको अवस्थामा अख्तियार बुटवल र केन्द्रिय कार्यालय टङगालले समेत विद्यालय सावैजनिक सम्पति दुरुपयोग गरेको ठहर गर्दै कारवाही स्वरुप दुई लाख जरिवाना तोकि अगामी दिनमा निज गुप्तालाई नै अघि सार्न खोज्ने र त्यसै वडाका वडाअध्यक्ष पुरन श्रेष्ठले आनन्द गुप्ता अध्यक्ष भएमा मिलेमतोमा आर्थिक हिनामिना गर्न सजिलो हुने भएकाले उसै बोकेर हिडेको प्रष्ट हुन्छ । विद्यालय बिग्रन यी दुबै पात्रको पात्रको बराबर हात छ । प्रचलित ऐन नियममा रहेर समिति गठन गर्न शिक्षा शाखालाई के ले रोकेको छ ? गलत मान्छेको किन वडाध्यक्षले सपोर्ट गर्नुपर्छ ? भौतिक संरचनाले मात्रै विद्यालय सुधार आउदैन।

तपाई युवा सक्षक नेतृत्व बालबालिकाको अभिभावक भएकाले एक सक्षक नेतृत्व बालबालिकाको अभिभावक भएकाले एक सक्षम र योग्य व्यक्ति छनोट गर्न अवस्य पहल गर्नुहुनेछ । विगतमा पनि गुप्ताले गुण्डागर्दी शैलीमा समिति गठन गरेको शिक्षा शाखा गैरजिम्मेवार बनकोले विद्यालयले ठुलो क्षती भोग्नुपर्यो के बालबालिकाको भविष्यप्रति जिम्मेवा बन्नु तफाईको कर्तव्य होइन ? आशा छ नयाँ नेतृत्व  आउनेछ । विगतमा पनि शिक्षा शाखा रमिते बनेको र अहिले पनि हामी जस्ता वास्तविक अभिभावकलाई थर्काउने धम्काउने र मनोमानि ढंगले गठन गर्न लागेको अवस्था छ।

यस कार्यमा पुरनले र शिक्षा शाखाले पनि सर्मथन गरेको देखिन्छ । के त्यो स्कुल आनन्द गुप्ताको निजि सम्पति हो ? स्कुल राजनिति गर्ने स्थान हो ? कमाइ खाने भाँडो ? यस क्षेत्रमा अरु कोही योग्य सक्षम मानिस छैनन ? गुप्ताको विरुद्धमा शिक्षा र शिक्षा समितिमा परेका उजुरी गुनासो उपमेयरसामु किन पुग्दैनन ? या यसपटक नयाँ योग्य व्यक्ति ल्याएर बालबालिकाको भविष्य निर्माणमा आवश्यक पहल गर्नुहुनेछ।”

भनेर अभिभावकरुपमा लेखिएको छ। यस चिठ्ठीको सत्यतथ्य बारे  प्रतिक्रिया माग्दा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले  गोप्य  रुपमा आएको यस चिठ्ठी प्रति गम्भिर ध्यानआकर्षण भएको बताइन् । आगामी शिक्षा समिती सम्बन्धितको बैठकमा एजेन्डाको रुपमा पठाएर तथ्यमा पुग्ने र वास्तविकता भए  कारबाही प्रक्रियामा जाने जानकारी दिइन् ।

त्यस्तै चिट्ठीमा जस्तै आरोपको विषयमा भैरहवा नमुना मा वि का अध्यक्ष आनन्द प्रसाद गुप्ताले आफूले कुनै मासिक तलब नलिएको तर बैठकले २ देखि ३ घण्टा सम्मा काम गरेर  ५०० को दरले रकम दिने निर्णय गरेको बताए ।  अख्तियारले सार्वजनिक पदमा रहेको व्यक्तिले कुनै पनि आर्थिक सुविधा नपाउने भन्दै अख्तियारले दुई लाख रुपैया जरिवाना दिन भनेको कुरा गुप्ताले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083