तस्कर विरुद्ध कपिलवस्तु प्रहरीको कडा एक्सन लाखौँ मूल्यका तस्करीका सामान पक्राउ

3.85K
shares

नेपाल–भारत खुला सीमाका कारण तस्करहरू सक्रिय रहेको सूचनाका आधारमा एसपी आचार्यले सुरक्षा निगरानीलाई कडा बनाएका छन्। त्यसको परिणामस्वरूप कपिलवस्तु प्रहरीले पछिल्लो समय दैनिकजसो अवैध रूपमा भित्र्याइएका लाखौँ रुपैयाँ मूल्यका सामानहरू बरामद गर्दै आएको छ।एसपी आचार्यले मातहतका सबै प्रहरी प्रमुखहरूलाई तस्करीविरुद्ध कठोर रूपमा उत्रिन स्पष्ट निर्देशन दिएका छन्। निर्देशनपछि सीमावर्ती क्षेत्रदेखि सहरसम्म तस्कर र तस्करीका गतिविधिमाथि निगरानी बढाइएपछि अवैध सामानसहित तस्कर पक्राउ पर्ने क्रम बढेको प्रहरीले जनाएको छ।

तस्करी नियन्त्रणबारे एसपी आचार्यले भने, “कानुनले निषेध गरेका गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन इमान्दार प्रयास गरिरहेको छु। मातहतका प्रहरीलाई पनि चोरी–तस्करी नियन्त्रणमा सक्रिय र निष्पक्ष रूपमा काम गर्न निर्देशन दिएको छु।”

उनले थपे, “आचरण विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइएको छ,” भन्दै संगठनभित्र अनुशासन र पारदर्शितालाई प्राथमिकता दिएको स्पष्ट पारे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083