काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापालाई नेकपाका युवा नेता इन्द्र भुसालको चुनौती

भुसाल काठमाडौं–४ क्षेत्रमा समाजसेवी नेताका रूपमा समेत परिचित छन्

8.55K
shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा युवा नेता इन्द्र भुसालले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई प्रत्यक्ष निर्वाचनमा चुनौती दिने भएका छन्। भुसाललाई नेकपा काठमाडौं–४ क्षेत्र नम्बरबाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा शिफारिस गरेकाे छ।

लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका भुसाल काठमाडौं–४ क्षेत्रमा समाजसेवी नेताका रूपमा समेत परिचित छन्। उनले चाबहिलस्थित पशुपति क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।

२०५९ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका भुसाल २०६२ सालमा पशुपति क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सह–सचिव र २०६५ सालमा उपसभापति पदमा निर्वाचित भएका थिए।

उपत्यकाको विद्यार्थी आन्दोलनको पृष्ठभूमिबाट राजनीति गर्दै आएका भुसाल अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य, सचिव तथा वरिष्ठ उपाध्यक्ष हुँदै पछिल्लो समय साविक माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश उपाध्यक्षको जिम्मेवारीमा रहेका छन्।

राजनीतिसँगै भुसाल भूकम्प, कोरोना महामारी तथा बाढी–पहिरोका बेला काठमाडौंसहित देशका विभिन्न भागमा सक्रिय रूपमा राहत तथा समाजसेवामा संलग्न हुँदै आएका नेता हुन्।
आगामी निर्वाचनमा काठमाडौं–४ मा युवा नेतृत्वबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083