बागमती प्रदेश प्रहरी प्रमुखद्वारा पदभार ग्रहण

2.52K
shares

हेटाैडा।  बागमती प्रदेश प्रहरी प्रमख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले पदभार ग्रहण गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाडौंबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा भएका प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नु भएको हाे ।

यसै अवसरमा बागमती प्रदेश प्रहरी प्रमुखले अमर प्रहरीको सम्मानमा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुका साथै कार्यालय परिसरभित्र वृक्षारोपण समेत गर्नु भएको थियो ।

पदभार ग्रहण पश्चात यस कार्यालय तथा मातहतका विभिन्न प्रहरी कार्यालयका कार्यालय प्रमूखहरु लगायत अन्य सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सुरक्षित तवरबाट सम्पन्न गर्न, सम्पुर्ण प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठी साँगठनिक नीति अनुरुप नागरिकलाईकेन्द्र बिन्दुमा राखी सेवा प्रवाह गर्ने तथा प्रहरीले गर्नुपर्ने काम कार्वाही चुस्त/ दुरुस्त सम्पादन गर्ने लगायत तालुक कार्यालयबाट प्रषित महत्वपुर्ण निर्देशनहरुको अक्षरस कार्यान्यवन गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिनु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083