एसएसपी खड्काले सम्हाले उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी

3.19K
shares

एसएसपी खड्कालाई कार्यालयबाट सरुवा भएका एसएसपी रमेश बस्नेतले स्वागत गरेका थिए भने खड्काले एसएसपी बस्नेतलाई विदाइ समेत गरेका थिए ।

नेपाल प्रहरी संगठनमा इमानदार, कार्यक्षमता र परिणाममुखी नेतृत्वका कारण राम्रो छवि बनाएका एसएसपी खड्काले यसअघि देशका विभिन्न महत्वपूर्ण स्थानमा रहेर उल्लेखनीय कार्य सम्पादन गर्दै आएका छन्।

विशेषतः अपराध अनुसन्धान क्षेत्रमा गहिरो ज्ञान र अनुभव हासिल गरेका खड्काले थुप्रै चर्चित तथा जटिल अपराधका घटनामा अनुसन्धानको नेतृत्व गर्दै सफलता प्राप्त गरेका थिए।

पदभार ग्रहण पश्चात् कार्यालयमा उपस्थित मातहतका सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै उनले प्रहरी आचरण, व्यवहार र पेशागत अनुशासनमा थप सुधार ल्याउन निर्देशन दिए।

साथै, कानूनको दायराभित्र रहेर जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्दै अपराध रहित समाज निर्माणका लागि अहोरात्र खटिनुपर्नेमा जोड दिए।

एसएसपी खड्काको नेतृत्वमा काठमाडौं उपत्यकामा अपराध नियन्त्रण तथा अनुसन्धान कार्य थप प्रभावकारी र परिणाममुखी हुने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage