जनताको सेवकका रूपमा इमान्दार भएर काम गर्ने दृढ संकल्प गर्छु : इन्द्र भुषाल

नेपाली कम्युनिष्ट पार्टी काठमाडौँ क्षेत्र नं. ४ प्रदेश (क) को उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न

6.4K
shares

काठमाडौ ।  नेपाली कम्युनिष्ट पार्टी काठमाडौँ क्षेत्र नं. ४ प्रदेश (क) को उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाली कम्युनिष्ट पार्टी काठमाडौँ क्षेत्र नं. ४ प्रदेश (क) को उम्मेदवार परिचयात्मक कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको हाे।

कार्यक्रममा पार्टीका तर्फबाट उम्मेदवार इन्द्र भुषालको औपचारिक परिचय गराइएको थियो। आगामी प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते देशभर एकैसाथ सम्पन्न हुँदैछ। सो निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. ४ बाट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट इन्द्र भुषाल उम्मेदवार रहनु भएको छ।

उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै इन्द्र भुषालले काठमाडौँ क्षेत्र नं. ४ का आम जनताका समस्या, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर आफू अघि बढ्ने स्पष्ट पार्नुभयो। उहाँले जनताको सेवकका रूपमा इमान्दार, उत्तरदायी र प्रतिबद्ध भएर काम गर्ने दृढ संकल्प व्यक्त गर्नुभयो।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी लगायत जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा विशेष जोड दिँदै भुषालले दीर्घकालीन समाधानका लागि ठोस योजना सहित अघि बढ्ने बताउनुभयो। साथै क्षेत्रको समग्र विकास, सुशासन र जनउत्तरदायी राजनीतिक अभ्यासका विषयमा पनि उहाँले आफ्नो धारणा राख्नुभयो।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी काठमाडौँ क्षेत्र नं. ४ प्रदेश (क) अन्तर्गतका विभिन्न वडाका पार्टी नेतृत्व, कार्यकर्ता तथा ठूलो संख्यामा आम नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083