राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको एक दिवसीय गोष्ठी सम्पन्न

3.47K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको एक दिवसीय गोष्ठी सम्पन्न भएको छ ।

प्रतिष्ठानको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित “समय र प्रविधिको विकाससँगै प्रहरी सेवामा उत्पन्न चुनौतीहरु: प्रशिक्षण प्रणालीमा विद्यमान अन्तरालको विश्लेषण र समयानुकूल सम्बोधन” विषयमा एक दिवसीय गोष्ठी सम्पन्न भभएको हाे।

उक्त गोष्ठी पूर्व गृहसचिव डा. गोविन्द प्रसाद कुसुम,अ.प्रा. प्र.अ.म.नि. सुरेन्द्र बहादुर शाह, अ.प्रा. प्र.अ.म.नि. देवेन्द्र सुवेदी, वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, अ.प्रा. प्र.ना.म.नि डा. राजिब सुब्बा, सुरक्षा बिज्ञ चिरन जंग थापा, सहायक प्रा.डा. पिताम्बर भण्डारीहरुले सो सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रतिष्ठान तथा नेपाल प्रहरी स्टाफ कलेजका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले कृतज्ञताको चिनोका साथै धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी शिक्षालय, भरतपुरका समादेशक प्रहरी वरीष्ठ उपरीक्षक तारा देबी थापाज्यू , नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयका, जर्गाका प्राचार्य प्रहरी वरीष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा, प्रतिष्ठान तथा नेपाल प्रहरी स्टाफ कलेजका सहनिर्देशक प्रहरी वरीष्ठ उपरीक्षक वेद विष्ट, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरीष्ठ उपरीक्षक रञ्जु सिग्देल, प्रतिष्ठानका उप निर्देशकहरु, प्रहरी नायव उपरिक्षकहरु, प्रहरी निरीक्षकहरुकाे सहभागिता रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083