अन्तर्राष्ट्रिय प्रशिक्षक सौनक भट्ट ‘लायन्स लिडरशिप एक्सेलेन्स अन्तर्राष्ट्रिय अवार्ड’बाट सम्मानित

2.63K
shares

काठमाडौं । नेतृत्व विकास तथा प्रशिक्षण क्षेत्रमा लामो समयदेखि सक्रिय अन्तर्राष्ट्रिय प्रशिक्षक सौनक भट्टलाई लियो जिल्ला परिषद ३२५ आर अन्तर्गत क्लब क्लस्टर–३ ले ‘लायन्स लिडरशिप एक्सेलेन्स अन्तर्राष्ट्रिय अवार्ड’ प्रदान गरी सम्मान गरेको छ।

गत १७ वर्षदेखि नेपालसहित विभिन्न देशहरूमा प्रशिक्षण तथा गोष्ठी सञ्चालन गर्दै आउनुभएका भट्टले हालसम्म करिब तीन लाखभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रूपमा नेतृत्व, टिमवर्क तथा व्यक्तिगत क्षमता विकाससम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिसक्नुभएको छ। उहाँको प्रशिक्षण बैंक, बीमा, उद्योग, शैक्षिक संस्था, लघुवित्त, स्वास्थ्य क्षेत्रदेखि राष्ट्रिय खेल टोलीहरूसम्म विस्तार भएको छ।

भट्टले प्रशिक्षणलाई केवल भाषणमा सीमित नराखी व्यवहारिक, सहभागितामूलक र परिणाममुखी बनाउँदै ल्याउनुभएको योगदानका कारण व्यक्ति तथा संस्थागत कार्यसंस्कृतिमा सकारात्मक परिवर्तन देखिएको सरोकारवालाहरूले बताएका छन्। यही उल्लेखनीय योगदानको कदरस्वरूप उहाँलाई उक्त अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो।

अवार्डका प्रमुख छनोटकर्ता देबेन्द्र श्रेष्ठका अनुसार नेतृत्व विकासमा भट्टको निरन्तरता, प्रभाव र परिणाममुखी अभ्यासलाई मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।